समानुपातिक मतको मिटरः एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नै सकस – Janadesh Daily | ePaper

समानुपातिक मतको मिटरः एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नै सकस


जनादेश वाच।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहान ७ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ३६ हजार ९५१ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५० हजार ३५० मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५४ हजार २५२ मत र जनमत पार्टी २ लाख ९४ हजार ४३५ प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदानेकपा एकीकृत समाजवादी २ लाख ६३ हजार ६०९ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३६ हजार ३६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्