ब्रिस्टन कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले आयोजना गर्‍यो फुटसल प्रतियोगिता – Janadesh Daily | ePaper

ब्रिस्टन कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले आयोजना गर्‍यो फुटसल प्रतियोगिता


जनादेश, महेन्द्रनगर। महेन्द्रनगर स्थित ब्रिस्टन कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले फुटसल प्रतियोगिता आयोजना गरेको छ । यहि सोमबार (मंसिर- १२) भएको फाईनल खेलमा बैजनाथ माध्यमीक विद्यालय जडेपानीको टीमलाई १२–६ सेटमा पराजीत गर्दै विश्वविद्यालयले उपाधी हात पारेको हो ।

ब्रिस्टन कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले आयोजना गरेको फुटसल प्रतियोगितामा विजेता सुपविश्वविद्यालयले ३० हजार सहित ट्रफी हात पारेको छ । उपविजेता बैजनाथ मावीलाई रु १५ हजार सहित ट्रफीले सम्मानीत गरिएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एंव ब्रिस्टन कलेजका अध्यक्ष नेत्रराज चटौतले खेलकुदमा खेलाडीहरुको अनुशासन,लगनशीलतालाई मुख्य आकर्षण मानिने बताउनुभयो । उहाँले भन्नु भयो, खेलकुदले व्यक्ति, समाज र राष्टको इज्जत मान र सम्मान बढाउने हुनाले सबै विद्यार्थीहरुले पढाईको अलवा खेलकुदलाई पनि साथसाथै लिएर जानुपर्ने हुन्छ ।

कार्यक्रममा समापन मन्तव्य राख्दै कलेजका प्रिन्सिपल निशा भट्टले भन्नु भयो, ‘छोटो समयमा कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले उत्कृष्ट खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । यसका लागि आयोजक टिमलाई हार्दिक धन्यवाद छ। खेलकुद प्रतियोगीताले व्यक्ति, संस्था, समाज र राष्टका बीचमा सामाजिक सम्बन्ध विकास गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुले टिमर्वकमा काम गरेर कसरी नतिजा निकाल्न सकिन्छ भनेर सिक्न पनि मदत गर्ने कुरामा जोड दिनु भयो’ । साथै उहाँले भन्नु भयो, ‘आगामी दिनहरुमा पनि ब्रिस्टन कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले अन्य शाररिक र मानसिक विकास हुने खालका खेलकुद लगाएत अन्य कार्यक्रमहरु पनि आयोजना गर्ने छ ।’

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा रेडियन्ट मावी महेन्द्रनगर,जनज्योती क्याम्पस, ईन्टरनेश्नल मावि, सार्क, लिटिलवुद्ध एकेडमी,सुदूरपश्चिम विश्वविद्यालय, आर्दश विद्यालय निकेतन,बैजनाथ मावी जडेपानी र आयोजक ब्रिस्टन कलेका दुई वटा टीमले सहभागीता जनाएका थिए ।

शनिवारदेखी भएको खेलमा विभिन्न विद्यालयका नौ वटा टीमले सहभागीता जनाएको र कलेजमा पठनपाठन संगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको ब्रिस्टन कलेजको स्पोस्टस ईन्टरटेनमेन्ट क्लबले जनाएको छ ।

उक्त खेलकुद कार्यक्रमको मुख्य प्रायोजक भुवनेश्वोरी हार्डवेयर र सह-प्रायोजक मुनलाइट टेलर, ज्ञान भण्डार र धिरज फोटो स्टुडियो रहेको ब्रिस्टन कलेज प्रशासनले बताएको छ ।

ब्रिस्टन कलेज सुदुरपश्चिम प्रदेशमै उत्कृत कलेजको रुपमा चिनिन्छ । यो कलेज हालैमात्र नेपाल शिक्षा पुरस्कार २०२२बाट सम्मानीत भएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्