पैँतालीस प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे – Janadesh Daily | ePaper

पैँतालीस प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे


पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको प्राप्त समाचारमा जनाइएको छ ।

आगामी छ महिनामा पाकिस्तानको वर्तमान आर्थिक अवस्थामा सुधार आउने उनीहरुले अनुसन्धानका क्रममा बताएका हुन् । यहाँको ग्यालप र गिलानीको अनुसन्धानमा उनीहरुलाई पाकिस्तानको अहिलेको आर्थिक अवस्था कस्तो लाग्छ र यसमा सुधार आउँछ कि आउँदैन भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफ दिने क्रममा ४५ प्रतिशतले पाकिस्तानको अहिलेको आर्थिक अवस्था खराब रहेको बताउँदै तर पनि आगामी छ महिनापछि यो अवस्थामा सुधार आउने बताएका हुन् ।यो प्रश्नको जवाफ दिने क्रममा छ प्रतिशत उत्तरकर्ताले अहिलेको अवस्था निकै धेरै सुधार आउने बताएका छन् भने अरु ३९ प्रतिशतले पनि सुधार आउने बताएका छन् ।

तर उक्त सर्भेक्षणमा सहभागीमध्ये सो प्रश्नको जवाफमा २१ प्रतिशत मानिसले अहिलेको अवस्थामा परिवर्तन नै नआउने बताएका थिए भने २३ प्रतिशतले त अहिलेको अवस्था भन्दा पनि झनै खराब हुने बताएका थिए ।

पाकिस्तानमा आर्थिक अवस्था बिग्रिँदै गएको बताइएको छ । यसका कारण यहाँको सरकारले पनि आर्थिक सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउने गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्