चुनावपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक, परिणामको समीक्षा गरिने – Janadesh Daily | ePaper

चुनावपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक, परिणामको समीक्षा गरिने


जनादेश वाच।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज (१९ मंसिर) सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।

आइतबार नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ। बैठकको समयका बारेमा भने केही बताइएको छैन।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्