मानुपातिकको अन्तिम मतमरिणाम आज आउँदैः कुन दलले पाउँछन् कति सिट (मतसहित) – Janadesh Daily | ePaper

मानुपातिकको अन्तिम मतमरिणाम आज आउँदैः कुन दलले पाउँछन् कति सिट (मतसहित)


जनादेश वाच।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ । मंगलबार बिहान ०५ः५० सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ । यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।

कुन दललाई कति सिट
कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यस अनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। यदि यति मत नल्याएमा समानुपातिकको ११० सिटको भागवण्डाबाट त्यो पार्टी आउट हुन्छ। ती दलहरुले पाएको मतलाई सदर मत मानिन्न। अर्थात् ती मत बदर सरह हुन्छन्।

३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरु सात वटा छन्- एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी। अब यी सात दलले ल्याएको कूल मतलाई नै सदर मत मानिन्छ र हिसाब गरिन्छ।

एमालेलाई सबैभन्दा बढी सिट
एमालेले सबैभन्दा बढी ३४ सिट पाउनेछ। एमालेभन्दा एक लाख २८ हजार ८४३ कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा दुई सिट कम ३२ सिट पाउनेछ। माओवादी र पहिलो पटक चुनाव लड्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले ११ लाख भोट ल्याएका छन्। रास्वपा भन्दा माओवादीले ३८ हजार चानचुन बढी भोट ल्याएको छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा माओवादीले १४ र रास्वपाले १३ सिट पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछ। तराई मधेश केन्द्रित दुई पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच २६ हजार चानचुन मत अन्तर छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान ५-५ सिट पाउने देखिएको छ।

माधव नेपाललाई पुगेन
त्यतिबेला साना दलहरुको विरोधका बावजुद समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतको थ्रेसहोल्ड राखिएको थियो। यसको सबैभन्दा ठूलो मार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई परेको छ। उनको पार्टीको कलम चुनाव चिह्न थोरै मतको अन्तरले समानुपातिकमा सिट पाउनबाट वञ्चित भयो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्