चिसो बढ्योः काठमाडौंको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस – Janadesh Daily | ePaper

चिसो बढ्योः काठमाडौंको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस


जनादेश वेदर वाच।
देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु/कुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण हिमपात र वर्षा केहीसमय यता भएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्