प्रचण्ड-बाबुरामबीच बालुवाटारमा भेटवार्ता, एजेण्डा- पार्टी एकता – Janadesh Daily | ePaper

प्रचण्ड-बाबुरामबीच बालुवाटारमा भेटवार्ता, एजेण्डा- पार्टी एकता


जनादेश नेपाल, काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

No description available.

उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिवार बिहान भेटवार्ता भएको नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । उनकाअनुसार प्रचण्ड-भट्टराईबीच पार्टी एकतालगायतका विषयमा कुराकानी भएको छ ।

माओवादी केन्द्र-नेसपाबीच पार्टी एकताको प्रयास चुनावअगावै गरिएको भएपनि विभिन्न राजनीतिक एवम् प्राविधिक कारणले थाँती रहेको थियो । अब भने पार्टी एकता-प्रक्रियालाई तीव्रता दिने सहअध्यक्ष श्रेष्ठले बताए । त्यसका लागि आइतबार नेसपा राजनीतिक समितिको बैठक बस्दैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्