काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण


काठमाडौँ, 

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १०९ जना ललितपुरमा २१ र भक्तपुरमा ८ जना गरी १३८ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका १० जना, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका २९ जना र भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै पाटन अस्पताल प्रयोगशालामा काठमाडौँमा ११, ललितपुरमा १४ र भक्तपुरमा एक जना, वीर अस्पतालमा काठमाडौँ र भक्तपुरका दुई दुई जनामा संक्रमण देखिएको छ । यसैगरी त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ११ जना, भक्तपुरको एक र ललितपुरको एक जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पतालमा काठमडौँका ९ जना, ललितपुरको दुई जना र भक्तपुरको एक जना, प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २२ जना, ललितपुरको २ जना र भक्तपुरको १ जना, बीध प्रयोगशालामा काठाडँेको ५ र ललितपुरको २ जना, ह्याम्स अस्पतालमा काठमाडौँको ८ जना र भक्तपुरको १ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ६४ जना डिस्चार्ज भएका छन् । कुल मृत्यु हुनेको संख्या ९१ पुगेको डा गौतमले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्