रिसाए सीके राउतः रेशम चौधरी र आफ्नो हतकडीको तस्विरसहित सामाजिक सञ्जालमा आक्रोश – Janadesh Daily | ePaper

रिसाए सीके राउतः रेशम चौधरी र आफ्नो हतकडीको तस्विरसहित सामाजिक सञ्जालमा आक्रोश


जनादेश सोसल मिडिया वाच।

जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा नसमेटिएपछि आक्रोश व्यक्त गरेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत् अध्यक्ष राउतले सरकार पक्षप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘कुरा केवल जनमत पार्टीको होइन, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको छ,’ उनले लेखेका छन् ।

उनले सत्तापक्षले आफूहरूलाई बहिष्ककरण गरेको आरोप लगाएका छन् । ‘पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रोहोइन भन्ने सन्देश दिँदै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेको हो,’ उनले लेखेका छन् । मधेशले यसको प्रतिकार गर्ने राउतको चुनौती छ । ‘मधेशले यसको प्रतिकार गर्नेछ,’ उनले भने, ‘सडक र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ ।’

शोषित नागरिक रहेसम्म धर्तीमा तुफान आइरहने उनले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्