क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु – Janadesh Daily | ePaper

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु


क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । गत शनिबारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए ।

सोमबारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्