बाजुरा भूकम्पः एक जनाको मृत्यु, ८० घर बस्न नमिल्ने अवस्थामा – Janadesh Daily | ePaper

बाजुरा भूकम्पः एक जनाको मृत्यु, ८० घर बस्न नमिल्ने अवस्थामा


जनादेश वाच।
बाजुरामा मंगलबार गएको भूकम्पबाट करिब ८० घर बस्न नमिल्ने अवस्थामा पुगेका छन् । मंगलबार दिउँसो हिमाली गाउँपालिका गौमुलमा गएको ५.९ म्याग्निच्युडको भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार भूकम्पबाट तीजना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको उनले बताए ।

“नेटवर्कको समस्याले गर्दा फोन सम्पर्क हुन सकेको छैन । अहिलेसम्म ८० वटा घर नराम्ररी बिग्रिएका छन्,” उनले भने । उनका अनुसार अहिले गौमुलमा वर्षा भइरहेको छ । भूकम्प प्रभावितहरूलाई स्थानीय धर्मोदय आधारभूत विद्यालयमा राखिएको उनले जानकारी दिए ।

“अहिले मान्छेहरू बाहिर बसिरहेका छन् । लेकतिर हिउँ परेकाले एकदम चिसो छ । अर्कोतिर पानी परिरहेको छ,” उनले भने । उनका अनुसार भूकम्पपछिको पहिरोमा कम्तीमा ६० भेडा पुरिएका छन् । “पहिरोले पुरिएर ४० वटा भेडाहरू मरेछन् । तीनजना मान्छे घाइते हुनुभएको छ,” उनले भने ।

भूकम्पले पालिकाभर नै असर गरेको छ । तर, वडा नम्बर १ र २ बढी प्रभावित भएको उनले बताए । “पालिकाभरिकै घरहरूमा असर परेको छ । तर, वडा नम्बर १ र वडा नम्बर २ बढी प्रभावित भएका छन्,” उनले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्