माओवादीको सक्रिय राजनीतिमा फर्किए अग्नि सापकोटा, उपाध्यक्ष बनाउने तयारी – Janadesh Daily | ePaper

माओवादीको सक्रिय राजनीतिमा फर्किए अग्नि सापकोटा, उपाध्यक्ष बनाउने तयारी


पूर्वसभामुख अग्नि सापकोटा माओवादीको सक्रिय राजनीतिमा फर्किएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् ।

नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी ९नेसपा० लगायतसँगको एकताको विषय बैठकको एजेण्डा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्