गृहमन्त्री रविलाई दिने कि नदिनेः बोलाइयो माओवादी पदाधिकारी बैठक – Janadesh Daily | ePaper

गृहमन्त्री रविलाई दिने कि नदिनेः बोलाइयो माओवादी पदाधिकारी बैठक


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल समेत रहेको माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक मंगलबारलाई सारेर पदाधिकारी बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ । तर आजको बैठकमा संगठनात्मक र कार्यविभाजन बाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका छन् । तर, लामिछाने विवादमा तानिएसँगै उनले सम्हालेको जिम्मेवारी के गर्ने भन्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्णय गरिसकेका छैनन् । सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई पूर्ववत जिम्मेवारीमा फर्काउन सुझाव दिँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्