पार्टी बैठकअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि, आजै सिधा कुरा गर्ने उद्घोष – Janadesh Daily | ePaper

पार्टी बैठकअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि, आजै सिधा कुरा गर्ने उद्घोष


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा पुगेका थिए ।

भेटमा लामिछानेले आफूलाई गृहमन्त्री नदिने अवस्थामा सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउन सक्ने बताएर फर्किएको स्रोतले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसबारे निर्णय गर्नेछ ।

लामिछानेले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिंगो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधा कुरा नगरेको धेरै भएछु, रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

नागरिकता मुद्दा हारेपछि रविको सांसदसहित गृह मन्त्री पद गुमेको थियो । अहिले लामिछानेले नागरिकता पुनस् प्राप्त गरिसकेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय फेरि रास्वपालाई दिन मानेका छैनन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्