आजको मौसमः काठमाडौंमा आज दिउँसो पानी, दिनभर बदली – Janadesh Daily | ePaper

आजको मौसमः काठमाडौंमा आज दिउँसो पानी, दिनभर बदली


जनादेश वेदर वाच।

देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ ।

“दिनभरजस्तो बादल लाग्नेछ । सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने देखिन्छ,” उनले बाह्रखरीसित भनिन्, “दिनभर बदली हुनेछ ।”

उनका अनुसार आज काठमाडौंमा दिउँसो १/२ बजेपछि वर्षाको सम्भावना छ । तर, लामो समय पानी नपर्ने उनले बताइन् । “काठमाडौंमा दिउँसो १/२ बजेपछि क्षणिक वर्षाको सम्भावना छ । हल्का वर्षा हो,” उनले भनिन्, “लामो समय हुँदैन । केही बेर पर्छ ।”

अबका एक/दुई दिन देशभर मौसममा बदली हुने उनले जानकारी दिए । देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले बताइन् ।

आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले जानकारी दिइन् । “तराईमा हावाहुरीको सम्भावना छ । काठमाडौंमा पनि हावाहुरी चल्छ, तर ठूलै असर गर्ने गरी होइन । सामान्य अवस्थामा भन्दा अलि बढी हावाहुरी चल्ने देखिन्छ,” उनले भनिन् । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्