कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुमा संक्रमण देखिए लगत्तै काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको छ । विभिन्न स्थानबाट तरकारी ओसार पसारका लागि मानिसको अत्याधि भीड हुने हुँदा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्