नयाँ वर्ष मनाउन १८१ चिनियाँ पर्यटकको टोली नेपालमा, मन्त्री किराँतीद्वारा स्वागत – Janadesh Daily | ePaper

नयाँ वर्ष मनाउन १८१ चिनियाँ पर्यटकको टोली नेपालमा, मन्त्री किराँतीद्वारा स्वागत


बिहिबार चिनियाँ पर्यटकको एक टोली नेपाल आइपुगेको छ । नयाँ वर्षको अवसर पारेर १८१ जना चिनियाँ पर्यटक जहाज चार्टर गरी काठमाडौँ आइपुगेका हुन् ।

पछिल्लो केही वर्ष कोरोना महामारीका कारण नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटेको थियो । यसबीच नयाँ वर्ष मनाउन जहाज चार्टर गरेर नेपाल आइपुगेका उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।

चिनियाँ पर्यटकको यो आगमनले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको जनाउँदै मन्त्री किराँतीले नयाँ वर्षसँगै नयाँ दशकको समेत प्रारम्भ भएको बताएका छन् ।

‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, उनले भने ,‘ भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्