सकारात्मक होऔँ,आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔँ: रेखा थापा – Janadesh Daily | ePaper

सकारात्मक होऔँ,आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔँ: रेखा थापा


जनादेश संवाददाता,

काठमाण्डौ ।

नेपाली सिनेमा जगतकी सदावहार नायीका रेखा थापाले सबैलाई सकारात्मक हुन, आफु पनि बाँच्न र अरुलाई पनि बचाँउन आव्हान गरेकीछन् ।

Image may contain: 1 person, selfie and close-up

अभिनेत्री रेखा थापाले कोभिड १९ को महामारीका बेलामा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै एकअर्कालाई सहयोग गरेर अघि बढ्न सबैसँग आग्रह गरेकी छन् ।

देश संचारसंग कुरा गर्दै उनले भनेकी छन्, ‘जीवन रहेछ भने दुश्मनी गरौँ, बाझाबाझ गरौँ। हामीलाई कुरा गर्न मन लागेन भने त्यतिखेर नगरौँला। अवस्था फरक छ, कोहीसँग बोलचाल छैन भने बोलौँ। जीवन देखिहाल्नुभयो, ‘वान नाइट मिरर।’

त्यसैले यो समय भनेको एक अर्कासँग झगडा गर्ने, एक अर्कालाई गिराउने समय होइन। सकारात्मक होऔँ।आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔँ। सबैजना मिलेर हातेमालो गरेर कोरोनालाई जितौँ।’

Source: https://www.youtube.com/watch?v=Ibd_ZU_Mblo&fbclid=IwAR2VVZnyVkCGP7fF8bPRJAivWgX8HT-CqK7EDi4Giex_KRX9mcWGhhxc5e4&app=desktop

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्