रुसले निर्माण गरेको कोरोना खोप बाँदरमा पनि प्रयोग गर्दैनौ : अमेरिका – Janadesh Daily | ePaper

रुसले निर्माण गरेको कोरोना खोप बाँदरमा पनि प्रयोग गर्दैनौ : अमेरिका


एजेन्सी । 

रुसले निर्माण गरेको कोरोना खोप बाँदरमा समेत प्रयोग नगर्ने अमेरिकाले जनाएको छ ।

विश्वभर कोरोना महामारी फैलिरहेकोबेला रुसले सबैभन्दा पहिले कोरोना खोपको विकास गरेको छ । रुसले निर्माण गरेको यस खोपले विभिन्न तहका परीक्षण सफलताका साथ पार गरिसकेको छ । हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । संक्रमितको तथ्यांक हेर्दा विश्वभरमा सबैभन्दा पहिले कोरोना खोपको खाँचो अमेरिकालाई छ । तर रुसी खोपलाई ठट्टामा उडाउँदै यस प्रकारको खोपको परीक्षण बाँदरमा पनि नगर्ने, मानवमा गर्ने कुरै नभएको अमेरिकाले बताएको छ ।

रुसले निर्माण गरेको खोपलाई अपुरो रहेको बताउँदै अमेरिकाले यस्तो प्रतिक्रिया दिएको हो । सीएनएनको एक समाचार अनुसार ह्वाइट हाउसको प्रेस सचिव कायले मेकेनीले बिहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसी खोपका बारेमा जानकारी दिएका थिए ।

अमेरिकाले अपुरो भनिरहेको सो खोप मस्कोको सेसेनोव युनिभर्सिटीमा जुन १८ देखि क्लिनिकल परीक्षण शुरु भएको थियो । ३८ जुनमा गरिएको उक्त परीक्षणमा खोप सुरक्षित पाइएको हो । परीक्षण गरिएका मानसिहरुमा यस खोपले कोारेना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकसित गराएको थियो ।

यस्तै, रुसी अधिकारीहरुले यस कोरोना भाइरस खोपसँग सम्बन्धित सबै जानकारी अमेरिकासँग साझा गर्न तयार रहेको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्