झम्सीखेलको रणनीतिक बैठकमा बादल पनि सहभागी – Janadesh Daily | ePaper

झम्सीखेलको रणनीतिक बैठकमा बादल पनि सहभागी


आषाढ १७, काठमाडौं । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको  शैलीप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल)बीच छलफल जारी छ । पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच यतिबेला ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आन्तरिक बैठक जारी छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक देखिएका गृहमन्त्री थापालाई आफ्नो कित्तामा ल्याउने प्रयास स्वरुप बैठकमा बोलाइएको स्रोतको भनाइ छ । यस्तै प्रचण्डले भोलि बिहान स्थायी कमिटिका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्