विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गरौँ: प्रधानमन्त्री प्रचण्ड – Janadesh Daily | ePaper

विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गरौँ: प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउँनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – “प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउँनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो –“विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव संशासनको स्थापनमा कृत्रिम बौद्धिकताको विकास भइरहेको अवस्था छ । हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपूर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ । रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्रविधिक बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने छ । ”

देशमा व्यप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुसासन कामय गर्न लागिपरेको प्रधानमन्त्रीले बताउँनुभयो । प्रचण्डले मुलुकमा सुसासन कायम गर्न भ्रष्टाचार निर्मुल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई थियो

प्रधानमन्त्रीले भन्नुभयो –“मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाहरुले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमूनाको रुपमा विश्वविद्यालयहरु देखिनुपर्दछ । ”

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिनुभयो । उच्चस्तरिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

जटिल परिस्थितिकाबीच नीति कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताउँनुभयो ।

उहाँले भन्नुभयो –“निकै ठुलो जटिलताकाबीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । नीति कार्यक्रम अनुसारकै बजेट होस् भन्नेमा सरकार लागेको छ । अहिले मुख्यतः ७५३ वटै पालिकामा कृषि उत्पानमा वृद्धि गर्ने,युवाहरुलाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने तयारीमा छौं ।”

जेठ १७ गते भारत भ्रमणमा जान लागेको जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यो पटकको भारत भ्रमण अल्लि विशिष्ट र राष्ट्रिय हितलाई महत्वदिने खालको हुने विश्वास व्यक्त गनुभयोे । भ्रमणका क्रममा २०१९ देखि रोकिएको व्यापार पारवहान सम्बिन्धि सन्धि खुलाउने प्रयास हुने, हवाइ रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौंदेखि रोकिएको पञ्चेश्वर बहुउदेश्यीय परियोेजनालाई सुचारु गर्ने, सिमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको बताउँनुभयो । साथै,नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्