थप ४८२ जनामा कोरोनाभाइरस, सङ्क्रमितको कुल सङ्ख्या १४ हजार नाघ्यो : नेपालमा – Janadesh Daily | ePaper

थप ४८२ जनामा कोरोनाभाइरस, सङ्क्रमितको कुल सङ्ख्या १४ हजार नाघ्यो : नेपालमा


आषाढ १८, काठमाडौ । नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ।

तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्