उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु – Janadesh Daily | ePaper

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु


पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर(-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ।

घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ । पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्