ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म आएको नतिजामा दुईको रिपोर्ट पोजिटिभ देखिएकोे र अन्यको भने रिपोर्ट बाँकी रहेको कमिटीले जनाएको छ । सातदोबाटोस्थित स्क्वास एकेडेमीका प्रशिक्षक हिरा थापालाई कोरोना पुष्टि भएपछि ओलम्पिक कमिटीका सबै कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । कमिटीका अनुसार कोरोना पुुष्टि भएका ती दुई कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।

कोरोना संक्रमित दुवै जना कमिटीको सातदोबाटोको भवनमै आइसोलेसनमा बस्ने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्