ओलीको सम्भावित भावी रणनीति – Janadesh Daily | ePaper

ओलीको सम्भावित भावी रणनीति


P.M. KP Sharma oli
आषाढ १८, काठमाडौँ । प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओली सम्भावित संकट टार्ने रणनीति बनाउन थालेका छन् । उनी स्वयं र निकटस्थ नेताहरूले अब कसरी अघि बढ्दा सुरक्षित हुन सकिन्छ । त्यस तर्फ ज्यादा ध्यान केन्द्रीत गरेकाछन् ।

ओलीले बुधबार आफूनिकट स्थायी कमिटी सदस्य र केही मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरे । स्थायी कमिटी बैठक उद्घाटन र मंगलबारको बैठकमा ओली र दाहालले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरूबीचको तिक्तता चुलिएको छ । पछिल्लो पटक अध्यक्षद्वयले एक्लाएक्लै छलफलमा समेत नबसेर दूतहरूमार्फत कुराकानी गरेका छन् । 
निकटस्थहरूले दिएको सुझावलाई आत्मसात् गरे भने ओलीले सत्ता र पार्टी दुवैमा आफ्नो नेतृत्व कायम राख्न अर्का अध्यक्ष दाहालसँग मित्रताको प्रस्ताव गर्नेछन् । 

उनी निकटस्थहरूले पनि अहंकारको मात्रा बढेको उल्लेख गर्दै अब सुधारेर अघि बढ्नका लागि अर्का अध्यक्ष दाहालसँग हार्दिकतापूर्ण साइनो गाँस्न सुझाव दिएका छन् तर ओलीले आफू कसरी अघि बढ्ने ठ्याक्कै भनिसकेका छैनन् । अहिलेसम्मका छलफल, नेताहरूबाट प्राप्त सुझाव र सत्तारोहणपछि पार्टीभित्रै र बाहिर पनि अत्यधिक बढेको अलोकप्रियता मापन गरेका प्रधानमन्त्री ओलीले केही विकल्पबारे भने सोचिसकेको उनी निकटस्थहरूको भनाइ छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्