बालेनको अर्को बोल्ड अडानः ‘आदिपुरुष’मा समावेश शब्द नहटाए काठमाडौंमा हिन्दी फिल्म नचल्ने – Janadesh Daily | ePaper

बालेनको अर्को बोल्ड अडानः ‘आदिपुरुष’मा समावेश शब्द नहटाए काठमाडौंमा हिन्दी फिल्म नचल्ने


जनादेश सोसल मिडिया वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलिचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउनुपर्ने मेयर शाहको भनाइ छ।

उनले सो शब्द नसच्याएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन्। साथै, सो शब्द सच्याउन उनले ३ दिनको समय पनि दिइएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर शाहले भनेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्।’

मेयर शाहले अखण्ड भारत भन्दै नेपालको भूमिसहितको नक्सा सार्वजनिक गरेपछि काउन्टरमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत राखेका छन्।

उनले यो कदमप्रति नेपालमा मात्र नभई भारतीय सञ्चारमाध्यममा पनि चर्चा भइरहेको छ। बालेनको पछिल्लो अडानबारेको फेसबुक पोष्ट ४० हजारभन्दा बढी पटक शेयर भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्