मेसीले अर्को कोसेढुंगा पार गरे – Janadesh Daily | ePaper

मेसीले अर्को कोसेढुंगा पार गरे


जनादेशडेली, संवाददाता
आषाढ, १८ काठमाण्डौ । लिओनल मेसीले एकपछि अर्को कोसेढुंगा पार गर्ने क्रम जारी छ। मंगलबार मेसीले करिअरको ७०० औं गोलको कोसेढुंगा पार गरे। स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीले ६००औं गोल पूरा गरेको १४ महिनापछि अर्को कोसेढुंगा पार गरेका हुन्।
मंगलबार मेसीले ला लिगाको खेलमा एट्लेटिकोविरुद्ध ७०० गोल पूरा गर्दा बार्सिलोना २(२ गोलको बराबरीमा रोकियो।
यससँगै मेसी ७००औं गोलको क्लबमा प्रवेश गरे। मेसी व्यवसायीक करिअरमा ७०० गोल पूरा गर्ने सातौं खेलाडी बने। मेसीले ७०० मध्ये ७० गोल अर्जेन्टिनाका लागि गर्दा क्लबका लागि ६३० गोल गरे।
अहिलेसम्म सर्वाधिक गोल गर्ने कीर्तिमान चेक र अस्ट्रियाका लागि खेलेका जेसेफ बिकनको नाममा छ। उनले ८०५ गोल गरेका थिए। दोस्रो स्थानमा ब्राजिलका रोमारियो छन्। उनले ७७२ गोल गरेका थिए। ब्राजिलकै पेले ७६७ गोल गरेर तेस्रो स्थानमा छन्

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्