सामाजिक सञ्जालका मालिकको महाभिडन्तः कस्तो होला मस्क र जुकरवर्गको केज फाइट – Janadesh Daily | ePaper

सामाजिक सञ्जालका मालिकको महाभिडन्तः कस्तो होला मस्क र जुकरवर्गको केज फाइट


जनादेश सोसल मिडिया वाच।

प्रविधिका क्षेत्रमा सबैभन्दा चर्चित अर्बपतिहरु ट्विटरका इलोन मस्क र फेसबुकका मार्क जुकरबर्ग ‘केज फाइट’ का लागि सहमत भएका छन्। मस्कले ट्विटरमा एउटा पोस्ट गर्दै आफू जुकरबर्गसँग भिड्न तयार रहेको बताए।

जवाफमा जुकरबर्गले मस्कको ट्विटको स्क्रिनसट राख्दै लेखेका छन्, ‘लोकेसन पठाउनुस्।’ त्यसपछि मस्कले जवाफ दिएका छन्, ‘भेगास अक्टागन।’

 अक्टागन भनेको यूएफसी केल्ने मञ्च हो। जसलाई जालीले बारिएको हुन्छ। मस्क ५२ वर्षका छन्। पछि उनले आफ्नो ‘द वालरस’ नामक दाउको भिडिओ पोस्ट गरेका छन्। जसका कारण उनले ठट्टामा जुकरबर्गलाई चुनौती दिएकोजस्तो देखिन्छ।

उनले ट्विट गरेका छन्, ‘म कहिल्यै कसरत गर्दिनँ, केटाकेटीलाई उचाल्ने र तिनलाई हावामा उफार्ने बाहेक।’

अर्कोतिर ३९ वर्षीय जुकरबर्ग भने मिक्स्ड मार्सल आर्ट्सको तालिम लिरहेका छन्। उनले जिउ–जित्सु प्रतियोगिता समेत जितेका छन्। फेसबुक र ट्विटरका बोसहरुको यो भनावैरी सामाजिक सञ्जालमा भाइरल भएको छ।

कतिले उनीहरुलाई जिस्क्याउँदै मिम पोस्ट गरेका छन् भने कतिले कसले जित्ला भनेर अड्कल काटेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्