बाबुरामको प्रस्तावः अब संयुक्त सरकार ! – Janadesh Daily | ePaper

बाबुरामको प्रस्तावः अब संयुक्त सरकार !


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

उनले संविधान र कानुन आवश्यक सुधार,शान्ति प्रक्रियाका बाँकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन र जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन हुनुपर्ने बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,’गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण (turbulent)बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन ! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् ! यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रक्रियाका बाँकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला किरु नत्र समयले कसैलाई नपर्खन सक्छ !’

विहीबार रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका थिए। समाजवादी मोर्चामा सहभागी नभएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो। उनले अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रूपमा रास्वपा अगाडि आएकोमा आफू अत्यन्त खुसी भएको बताएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्