काठमाडौंमा विद्यालयको छात्रवृत्ति परीक्षा अब महानगरबाटै, बालेनले गरे फेसबुकबाट घोषणा – Janadesh Daily | ePaper

काठमाडौंमा विद्यालयको छात्रवृत्ति परीक्षा अब महानगरबाटै, बालेनले गरे फेसबुकबाट घोषणा


जनादेश वाच।

काठमाडौं महानगरभित्रका निजी विद्यालयले दिने कक्षा ११ को छात्रवृत्तिका लागि महानगर आफैँले परीक्षा लिने भएको छ । मेयर बालेन शाहले आइतबार साँझ फेसबुकमार्फत सो घोषणा गरेका हुन् ।

उनले महानगरले मापदण्ड बनाई परीक्षा लिने र सोहीअनुसार योग्यताक्रम तोक्ने जनाएका छन् । सामुदायिक विद्यालयमा पढेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी परीइाा लिइने उनले बताएका छन् ।

बालेनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

शिक्षा सुधारको अभियान

सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा महानगरले व्यापक सुधार गर्न खोजेको छ । अब शुक्रबार काठमाडौंमा विद्यालयमा विद्यार्थीले पुस्तक नलिई जान पाउने भएका छन् । व्यवहारिक शिक्षामा महानगरले विशेष जोड दिन खोजेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका सहयोगी भूपदेव शाहका अनुसार सामुदायिक विद्यालयको गुणस्तर र सिकाइमा नयाँपन ल्याउन खोजिएको हो । स्वास्थ्य सेवामा पनि महानगरले विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ ।

फिनल्याण्डजस्ता देशमा पढाइलाईभन्दा प्रतिभा र क्षमतालाई विशेष जोड दिइन्छ । ती देशहरूमा स्वास्थ्य र खानपिनमा विशेष ध्यान दिइँदै आएको छ । काठमाडौं महानगरपालिकाले पनि त्यहि बाटो रोज्न खोजेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि घुम्ती सेवा दिन सके उपयुक्त हुने विज्ञहरूको सुझाव छ । स्वास्थ्य र शिक्षामा महानगरले विशेष लगानी गर्नु पर्ने उनीहरूको भनाइ छ । यो विषयमा महानगरले विशेष ध्यान दिन जरुरी छ ।

३२ बटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न खोजेको महानगरले यस सम्बन्धि कार्यविधि बनाउँदैछ । त्यसका लागि प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई जिम्मेवारी दिइएको छ । उनले यो विषयमा आफूले अध्ययन गरिरहेको स्वास्थ्य लाइभलाई बताए । महानगरले ३२ वटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेर महानगरबासीलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन खोजिरहेको छ । यसले अधिकांश महानगरबासी लाभान्वित हुने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्