“सिंहदरवारमा दार्चुलाकी आमा !” – Janadesh Daily | ePaper

“सिंहदरवारमा दार्चुलाकी आमा !”


जनादेश, काठमाण्डौं । उहाँ लेकम गाउँपालिका ५ दार्चुलाबाट आएकी हिरादेवी जोशी । पहिलोपटक काठमाडौ घुम्न आएकी हिरादेवी सिंहदरवारस्थित सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा को कार्यकक्षमा पुगेपछि भावुक हुनुभयो ।

May be an image of 2 people

जनयुद्धकालमा भूमिगत श्रीमान कहिले सकुशल घर फर्केलान भनेर प्रतीक्षा गर्दै पाँच छोराछोरी हुर्काएको याद सुनाउदै हिरादेवीले भन्नुभयो- आज सिंहदरवार छिर्दा श्रीमानले राम्रै कामका लागि घर छाडेका रहेछन् भन्ने लाग्यो, म जसरी आज यहाँ आउदा खुशी भए, सबै जनताको मनको कुरा बुझेर सबैलाई खुशी बनाउनुहोला मन्त्रीज्यू ।

मन्त्रीज्यूले पनि जनताको एकता र संघर्षका कारण व्यवस्था बदलिएको जस्तै अब फेरि सबै मिलेर जनताको अवस्था बदल्न आफूहरु लागेको बताएपछि खुशी मन लिएर फर्कनुभयो आमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्