राप्ती इञ्जिनियरिङ कलजेमा स्टुडेन्ट क्वालिटी सर्कल र सिभिल क्लव गठन – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलजेमा स्टुडेन्ट क्वालिटी सर्कल र सिभिल क्लव गठन


जनादेश, काठमाण्डौं । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा अध्ययरत विसिए र विइ सिभिल इञ्जिनियरिङका विद्याथीहरुको भेलाले अबिन के.सी को अध्यक्षतामा स्टुडेन्ट क्वालिटी सर्कल गठन गरिएको छ ।

जसमा उपाध्यक्ष सागर खनाल, विवेक सुनार ,सचिव गोपेन्द्र कुमार यादव ,सह तपेन्द्र कुमार जि।सी, कोषाध्यक्ष सावित्रा बराल सदस्यहरुमा अविन चौधरी, सिर्जना पुन, राजन पुन, ओझिल डागी, रमेश शर्मा दिलिप पौडयल, शुशिल डाँगी, प्रविन चौधरी, सरला हमाल, ममता थापा मगर, राजु गिरी, उत्सव दाहाल, प्रशान्त श्रेष्ठ, गणेश अधिकारी, गौरी चौधरी र उमेश सुनार रहेका छन् ।

त्यस्तै गरी आयुष सुवेदीको अध्यक्षतामा सिभिल क्लव गठन गरिएको छ । जसमा उपाध्यक्ष छन्द चौलागाई, भिमार्जुन पौडयल, मोहन भण्डारी, सचिव अमृत रावत, सहसचिव राजेश्वर नेपाली, कोषाध्यक्षमा एलिसा शाही सह कोषाध्यक्ष, तुल्सी रिजाल, सदस्यहरु घनश्याम चोैधरी, कमल बस्नेत, रिचा बुढाथोकी, विजय विष्ट, सपना के.सी., जोतेन्द्र कुमार यादव प्रशान्त श्रेष्ठ, क्रितिस भण्डारी,स्वस्तिका आचार्य, कमल के।सी, सम्बृद्धी वली,स्मारिका भटराई, प्रज्ञा पुन, शक्तिसिंह रोकाय, दिपशिखा पुन मगर सुकदेव चौधरी,नारायण बुढा, विधान शर्मा, रहेका छन् ।

कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले कलेजको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा सक्रिय रहेर हरेक विद्यार्थीहरुले आफनो व्यक्तित्व र नेतृत्व विकासका निर्माण गर्न क्लवलाई माध्यामको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।

‘गुणस्तरीय शिक्षाका लागि क्वालीटी सर्कल, स्पोस्र्स क्लब, आइटी क्लब र सिभिल क्लब लगाएत समुहरुले सहयोग पु्र्याउँछन्’, प्रन्सिपल रेशम गिरीले भन्नु भयो ।

यस्तै गरी कार्यक्रममा सिभिल विभागका विभागिय प्रमुख ई बावुराम जोशीले अन्य देशमा पनि स्टुडेन्ट क्वालिटी सर्कल र सिभिल सर्कलका माध्यामबाट गुणस्तरीय शिक्षामा सहयोग पुगेको बताउनु भयो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न
मिति २०८० साल श्रावण १ गतेका दिन लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ र लियो क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजनामा घोराही उप–महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा बहादुर डाँगी र लायन्स क्लब इन्टरनेशनल ३२५ एन एरिया नं. २ राप्ती का एरिया चिफ लायन डा भीमसेन गिरीले संयुक्त रुपमा विरुवा रोपेर सुभारम्भ गर्नु भयो ।

वृक्षारोपण घोराही उप–महानगरपालिका वडा नं. १६ शात्ति टोलमा वृक्षारोपण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बातारण संयोजक लायन फणाधर भुसाल, एरिया कोषाध्यक्ष लायन रेशम गिरी, जोन चियर प्रर्शन लायन मधुसुदन बैद्य लियो क्लब अध्यक्ष ऋचा बुढाथोकी लगायत क्लबका पदाधिकारी, सदस्य तथा लियो क्लबका पदाधिकारी, सदस्यहरुको उपस्थितिमा वृक्षारोपण सम्पन्न भयो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्