चितुवाको आक्रमणबाट एक वृद्ध घाइते – Janadesh Daily | ePaper

चितुवाको आक्रमणबाट एक वृद्ध घाइते


जनादेश, स्याङ्जा ।

चितुवाको आक्रमणमा परी स्याङ्जाका एक वृद्ध घाइते भएका छन् ।

आइतबार राती चितुवाको आक्रमणमा परी वालिङ् नगरपालिका ११ स्वरेक टापुका ६७ बर्षिया खगेश्वार पङेनी घाइतेको भएका छन् । चितुवा रातको करिब २ बजे पङेनीका घरको आगँनमा आएको थियो । घाइतेको टाउको र दुबै हातमा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्ले थप उपचारका लागि उनलाई पोखरा रिफर गरिदिएको छ ।

घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्