वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण


वाग्मती ।

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ ।

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गर्नुभयो । हेटौँडा स्थित आफ्नै निवासमा उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भए पनि उहाँमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीय सचिवले जनाएका छन् । उहाँसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्