अदुवा खानुका फाइदा – Janadesh Daily | ePaper

अदुवा खानुका फाइदा


  • डा. मदन गिरी,

अदुवा,वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । अदुवाको अनौंठो सुगन्ध र स्वाद यसको प्राकृतिक तेलबाट आउँदछ।

यो पोषक तत्व र जैवक्रियात्मक यौगिकहरूले भरिएको हुनाले बिभिन्न फाइदाहरु हुन्छन।

1. अदुवामा gingerol हुन्छ जसले सरिरका विभिन्न भागमा औषादीको भुमिका निर्वाह गर्छ।
2 अदुवाले धेरै प्रकारका वाकवाकी र उल्टी निको हुन सहयोग गर्छ , दिनको 1.5 ग्राम अदुवाको सेवन गर्दै, १0 दिनसम्म सेवन गर्नाले विशेष गरी ओपेरेशन पछि, क्यान्सर र गर्भवती समाएको वाकवाकी र उल्टी निको पार्छ।
3 अदुवाले मांसपेशिको दुखाइ र पीडा कम गर्छ।
दिनको २ ग्राम अदुवाको सेवन गर्दै, ११ दिनसम्म सेवोन गर्नाले व्यायाम पछिको दुखाई निको हुन्छ ।
4 अदुवा हड्डी खियिएको दुखाइ र कठोरता कम गर्नमा प्रभावकारी हुन्छ ।
5 यसले मधुमेह र मुटु रोगहरुको जोखिम कम गर्छ।
दिनको २ ग्राम अदुवाको पाउडरले उपवासको blood sugarलाई १२% ले कम गर्छ, ApoB / ApoA-I को अनुपातमा 28% कम गर्छ, र अक्सिडाईड lipoproteinsमा 23% कम गर्छ।
6 अदुवाले पुराना अपच निको हुन सहयोग गर्छ। अदुवाले तुरुन्त पेट खाली गर्दछ, जसले अपच र पेट सम्बन्धित समस्या कम गर्छ।
7 अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर विहान/वेलुका खाने गरेमा खोकि ठिक हुन्छ ।
8 अदुवा र तुलसीको रसमा मह मिलाएर सेवन गर्नाले श्वास गन्हाउने समस्याबाट मुक्ति मिल्छ ।
9 खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउदा पेटको एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।
10 अदुवा पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ र बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।
11अदुवा पानी नियमित पिउनाले मस्तिष्कको कोषहरुमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।
12 नियमित अदुवापानी पिउनाले शरिरको विषाक्त पदार्थ बाहिर निस्कन्छ, रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।
13 १.५ ग्राम अदुवाको दैनिक सेवन गर्नाले सरिरको कोलेस्ट्रोल (cholesterol – LDL) लाई ठिक तहमा रहन मद्दत गर्छ।
15 अदुवाले दिमक समन्धी रोग (alzheimer’s)बाट बचाउन सहयोग गर्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्