मन्त्रिपरिषद बैठक सकियो: काेभिडबारे सीसीएमसीले निर्णय गर्ने – Janadesh Daily | ePaper

मन्त्रिपरिषद बैठक सकियो: काेभिडबारे सीसीएमसीले निर्णय गर्ने


काठमाडौं,

मन्त्रिपरिषद बैठकले कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिसिएमसी लाई निर्देशन दिनुभएको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रि परिषदको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको बुझिएको छ ।

सिसिएमसीको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक हुनुहुन्छ । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषदबाट निर्णय लिने बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने बैठकले निर्णय गरेको छ । बैठकले घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्