पण्डित जसराजको दाहसंस्कार – Janadesh Daily | ePaper

पण्डित जसराजको दाहसंस्कार


न्यूजर्सी ।

शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उहाँ स्वदेश फर्कन पाउनु भएको थिएन । उहाँ विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आउनु भएको थियो ।

भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गर्नु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्