महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम – Janadesh Daily | ePaper

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम


गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वान० का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।
युएसएआइडीको स्थानीय ९गोरखा र चितवन० कार्यक्रमकोे आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ ।
तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड््वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरुको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पु¥याउने उद्देस्यसहित तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहनुभएको छ । “परियोजनाअन्तर्गत आर्थिक र सामाजिकरुपमा विपन्न महिलाको समूह निर्माण गरी वडा कार्यालयको समन्वयमा समूह गठन गरिएको हो ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत आवश्यक ठाउँ छनोट गरी अतिआवश्यक क्षेत्रमा तालिम सञ्चालन गरिन्छ  ।”
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्