नेकपा स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित – Janadesh Daily | ePaper

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित


१९ आषाढ, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबारको बैठकमा पूर्व निर्धारित कार्यसूचीमा केशव बडाल र अमृत बोहोराले मात्र छलफल गरे।

बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसँग गरेको भेट र पछिल्ला राजनीतिक गतिविधिमाथि छलफल गरेको श्रेष्ठले जानकारी दिए।

बैठकमा बिहानको छलफलमा भएको सहमति विपरित सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोप्रति अध्यक्ष प्रचण्डले आपत्ति जनाएका थिए। लगत्तै प्रधानमन्त्रीसँग प्रश्न गर्दा नयाँ निर्णय भएको जवाफ दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठक केही समय स्थगित गरेर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको जानकारीसमेत श्रेष्ठले दिए।
राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिमा कुनै अध्यादेश आवश्यक नभएको बताएका छन्। प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीसँग अध्यादेशको विषयमा कुरा नभएको प्रष्ट पारेकोसमेत श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार दुई दिनसम्म पार्टी भित्रको आन्तरिक समस्या समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डसँगै अन्त्य नेतासँग छलफल हुने बताए। छलफलपछि स्थायी कमिटी बैठकमा पार्टी एकतालाई सुदृढ पार्नेगरी निर्णय हुने उनको भनाइ छ।

प्रवक्ता श्रेष्ठका अनुसार शनिबार ११ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको हो।

प्रवक्ता श्रेष्ठका अनुसार दुई दिनसम्म पार्टी भित्रको आन्तरिक समस्या समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डसँगै अन्त्य नेतासँग छलफल हुने बताए। छलफलपछि स्थायी कमिटी बैठकमा पार्टी एकतालाई सुदृढ पार्नेगरी निर्णय हुने उनको भनाइ छ।

प्रवक्ता श्रेष्ठका अनुसार शनिबार ११ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको हो।

सांभार ः आजको अन्नपूर्ण पोष्टबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्