मंसिरका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ? – Janadesh Daily | ePaper

मंसिरका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?


वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ ।

मंसिरका लागि बैंकहरुको औसत ब्याजदर घटेर ९.६३ प्रतिशत कायम भएको छ । कात्तिक महिनाको तुलनामा बैंकहरुले ०.३३ प्रतिशतले ब्याजदर घटाएका छन् । कात्तिकमा बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत थियो ।

मंसिरमा सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिएको यस बैंकले मंसिरमा ८.९६ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै, हिमालयन बैंकले सबैभन्दा धेरै १०.६० प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर दिने भएको छ ।

कात्तिकको तुलनामा मसिंर महिनामा माछापुच्छ्रे बैंकको मात्र मुद्दति निक्षेपको ब्याजदर बढेको छ । कात्तिकमा ९.९९ ब्याजदर कायम गरेको यस बैंकले मंसिरका लागि १०.६ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, मंसिरका लागि नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.२२४ प्रतिशत, सिटिजन बैंकले ९.९५ प्रतिशत, सिद्धार्थ बैंकले ९.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत, कुमारी बैंकले १०.०१ प्रतिशत, प्राइम बैंकले १०.२५ प्रतिशत, एनएमबि बैंकले ९.७६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८.९७ प्रतिशत, नबिल बैंकले ९.१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.५१ प्रतिशत, कृषि विकास बैंकले ९.५१२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९.६ प्रतिशत र नेपाल एसबिआई बैंकले १०.६३ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, एभरेष्ट बैङ्क, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैकले व्यक्तिगत तर्फ ९ प्रतिशत ब्याजदर तोकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्