शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा – Janadesh Daily | ePaper

शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा


अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गर्नुभएको छ । दुई महाशक्तिबीचको तनाव गर्न दुवै नेताले भेट भएको एक दिनपछि उहाँहरूले त्यस्तो प्रयास गर्नुभएको हो ।
“हामी कतै जाँदैनौँ”, एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भन्नुभयो । उहाँले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने बताउनुभयो ।
दुवै नेता सैन्यदेखि सैन्य सम्बन्ध पुनःस्थापित गर्न सहमत हुनुभएको छ । राष्ट्रपति सीले फेन्टेनल औषधिका लागि चीनमा यसको उत्पादनलाई रोक्ने वाचा गर्नुभयो ।
“विश्वका दुई ठूला अर्थतन्त्रबीचको स्थिर सम्बन्ध ती दुई अर्थतन्त्रका लागि मात्र नभई विश्वका लागि राम्रो हुन्छ”, बाइडेनले भन्नुभयो । यद्यपि तनाव कम भए पनि बाइडेनले एपेकका २१ मुलुकमध्ये धेरैका लागि बेइजिङको तुलनामा वासिङ्टन राम्रो सहयोगी हुने बताउनुभयो ।
सीले आफूलाई बुधबार ‘किन हामी प्रशान्तमा यति व्यस्त छौँ’ भनेर सोधेको भन्दै बाइडेनले भन्नुभयो, “मैले भनेँ, किनभने हामी प्रशान्त मुलुक हौँ, हाम्रो कारणले यस क्षेत्रमा शान्ति र सुरक्षा भएको छ, यसले तपाईंलाई विकास गर्न अनुमति दिएको छ, उहाँ असहमत हुनुभएन ।”
क्यानाडाको तटबाट चिली, अस्ट्रेलिया, मलेसिया र रुससम्म फैलिएको विशाल गतिशील क्षेत्रमा प्रभाव हासिल गर्न चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् । चीनले आफ्नो बेल्ट एन्ड रोड कार्यक्रममार्फत पूर्वाधार र ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अमेरिकाले पनि व्यापार र अन्य सम्झौतामार्फत गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्