नेप्से १८ अंकले घट्यो, एक अर्ब ३२ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से १८ अंकले घट्यो, एक अर्ब ३२ करोडको कारोबार


बिहिबार सेयर बजार १८ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.०६ अंकले घटेर एक हजार ८५८.५३ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, उत्पादन ३८, व्यापार ९ र अन्य उपसमूह ७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रुरु जलविद्युत् आयोजनाको मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन २८९ कम्पनीको ४५ लाख ९५ हजार कित्ता सेयर एक अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्