त्रिभुवन विमानस्थलबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ – Janadesh Daily | ePaper

त्रिभुवन विमानस्थलबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ


त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्