इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा – Janadesh Daily | ePaper

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा


इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् ।

तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्