एनसेल प्रकरणमा तल्लो तहबाट दुस्प्रचार भयो: प्रधानमन्त्री दाहाल – Janadesh Daily | ePaper

एनसेल प्रकरणमा तल्लो तहबाट दुस्प्रचार भयो: प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लो तहबाट दुस्प्रचार भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तल्लोस्तरबाट गलत प्रचार गरिएको बताएका हुन् ।

अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे ।

‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्