महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी गरिने – Janadesh Daily | ePaper

महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी गरिने


महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ ।

महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई प्रोत्साहन गर्न यही पुस २४ गतेदेखि प्रदर्शनी आयोजना गर्न लागेको सङ्घकी अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो ।

“हामी तयारीमा जुटिरहेका छौँ । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा उत्पादित वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहनुभएको छ ।” यस सङ्घले एक दशकदेखि महिलालाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिनुभयो ।

महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ताकपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले टेवा पुर्‍याएको उपाध्यक्ष सिंहले बताउनुभयो । “हाम्रो मेला अन्य मेलाभन्दा केही पृथक छ । हामी नाफा कमाउने उद्देश्यले मेला गर्दैनौँ”, उहाँले भन्नुभयो, “महिला व्यवसायीलाई कसरी उद्योग, व्यवसायमा सक्रिय बनाउन सकिन्छ भनेर काम गर्छौं । उनीहरुका समस्यासमेत उजागार गरेर समाधान गर्ने प्रयास गर्छौं ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्