त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द – Janadesh Daily | ePaper

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द


त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोटका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ ।

त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको आफ्नै सूचना रद्द गरिएको जनाएको हो । खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए ।

यसअघि त्रिविका कुलपति एवं प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै ‘मेरिट’का आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए । सोही अनुसार प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्