जनादेश कर्णाली:
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यसम्पादन करार सम्झौता अनुसारको प्रगति नदेखिएमा विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गर्ने बताउनुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले आज मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षरपछि कर्मचारीलाई निर्देशन दिँदै यस्तो चेतावनी दिनुभयो ।
कार्यसम्पादनका आधारमा मूल्याङ्कन हुने प्रणाली स्थापना गर्न लागेको बताउँदै उहाँले कार्य प्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा बसिरहन नैतिक अधिकार नभएको बताउनुभयो ।
उहाँले मातहतका कार्यालय प्रमुखसँग छिटोभन्दा छिटो कार्यसम्पादन करार सम्झौता गर्न सचिवलाई निर्देशन दिनुभयो ।