निफमा नेपालकोतर्फबाट निर्णायक समिति सदस्य मनोनीत – Janadesh Daily | ePaper

निफमा नेपालकोतर्फबाट निर्णायक समिति सदस्य मनोनीत


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो ।
“महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, सोही विधामा दुई निर्णायक विदेशी चलचित्रकर्मी हुनेछन्, उहाँहरूको नाम केही समयमा नै सार्वजनिक गर्नेछौँ”, अध्यक्ष पाठकले भन्नुभयो ।
उहाँले आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिनुभयो । कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सहभागी चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम गरिनेछ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्