मालीका राष्ट्रपतिलाई विनाशर्त मुक्तगर्न राष्ट्रंघीय महासचिवको आग्रह – Janadesh Daily | ePaper

मालीका राष्ट्रपतिलाई विनाशर्त मुक्तगर्न राष्ट्रंघीय महासचिवको आग्रह


संयुक्त राष्ट्रसंघ:

संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गर्नुभएको छ । उहाँलाई मालीको सेनाले नियन्त्रणमा राखेको बताएको छ । उहाँले भने सो नियन्त्रणबाटै आफूले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

सेनाको नियन्त्रणमा राखिएका उहाँलाई जतिसक्दो चाँडो र विना शर्त मुक्त गर्न महासचिव गुटर्रेसले माग गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुटर्रेसले मालीको सेनाले उठाएको कदम पनि संविधान विपरीत भएको बताउनुभएको छ । सो विज्ञप्तिमा मालीको सेनालाई यस्तो गैर संवैधानिक कदमलाई तुरुन्त फिर्ता गर्न र त्यहाँका राष्ट्रपतिलाई सेनाको नियन्त्रणबाट मुक्त गर्न भनिएको छ ।

उता राष्ट्रपति इब्राहिम बौबाकरले भने मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताउनु भएको छ । अल जजिराद्वारा प्रेषित समाचारमा सो कुरा उल्लेख गरिएको छ ।

महासचिव गुटर्रेसले राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा पर्नु भएका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि विनासर्त मुक्त गर्न माग गर्नुभएको छ । अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

त्यहाँको पछिल्लो अवस्थाको बारेमा भने कुनै समाचार आएको छैन । सेनाले अहिले पनि त्यहाँका नेताहरुलाई आफ्नो नियन्त्रणमा राखिरहेको समाचारमा जनाइएको छ । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्